NRN
उपप्रधान एवम् गृहमन्त्री लामिछानेद्वारा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका विभिन्न क्षेत्रको अनुगमन

उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेद्वारा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका विभिन्न क्षेत्रको अनुगमन गरेका छन् ।

गृहमन्त्री लामिछानेले बुधबार राति विमानस्थलको प्रस्थान र आगमन कक्ष, बोर्डिङ काउण्टर, अध्यागमन काउन्टर, स्टेपलाइज क्षेत्र, अध्यागमन र प्रहरीका कार्यालय, भन्सार जाँचपास, लगेज व्यवस्थापन लगायत क्षेत्रको अनुगमन गरेका हुन् ।

अनुगनमा क्रममा विमानस्थलमा अत्यधिक भिड हुने गरेको विषयमा चासो राख्दै लामिछानेले भीड व्यवस्थापनमा ध्यान दिन सम्बद्ध अधिकारीहरुलाई निर्देशन दिएका थिए ।

साथै उनले विमानस्थललाई उच्च प्रविधियुक्त बनाउन, सौन्दर्यीकरणमा जोड दिन र सहज तथा सुरक्षित ढंगले आउ–जाउ गर्ने वातावरण बनाउन निर्देशनसमेत दिएको लामिछानेको सचिवालयले जनाएको छ ।

अनुगनमा क्रममा गृहमन्त्री लामिछानेलाई विमानस्थल सुरक्षाका अधिकारी, विमानस्थल अध्यागमन कार्यालयका प्रमुख र विमानस्थल नागरिक उड्डयन कार्यालयका प्रमुखले आ–आफ्ना निकायका जिम्मेवारी, जनशक्ति, कार्य प्रणाली र समस्याबारे अवगत गराएका थिए ।

प्रकाशित मिति: बिहीबार, जेठ ३, २०८१  ११:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update