NRN
भारतीय फुटबल टिमका कप्तान सुनिल क्षेत्रीले गरे अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिने घोषणा

भारतीय फुटबल टिमका कप्तान सुनिल क्षेत्रीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका छन् । सुनिलले बिहीबार सामाजिक सञ्जाल एक्समा भिडियो शेयर गर्दै अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका हुन् । 

‘म त्यो एक दिन कहिल्यै बिर्सिन्न र बारम्बार सम्झिन्छु जब मैले पहिलो पटक मेरो देशको लागि खेलेको थिएँ, त्यो क्षण अविश्वसनीय थियो,’ उनले आफ्नो पहिलो खेलबारे बयान गरेका छन् ।

४० वर्षीय कप्तान क्षेत्रीले जुन ६ मा कुवेतविरुद्ध भारतका लागि लागि अन्तिम खेल खेल्नेछन् । उनले १२ जुन २००५ मा भारतका लागि डेब्यु गरेका थिए । 

उनी विश्वमा सबैभन्दा धेरै अन्तर्राष्ट्रिय गोल गर्ने खेलाडीमध्ये एक हुन् । उनले १५० खेलमा ९४ गोल गरेका छन् । उनी टोलीमा रहँदा सन् २००८ मा एएफसी च्यालेन्ज कप, सन् २०११ र २०१५को साफ च्याम्पियनसिप, सन् २००७, २००९ र २०१२ को नेहेरू कप र सन् २०१७ र २०१८ इन्टरकन्टेन्टल कप जितेका छन् ।

 

 

 

 

 

प्रकाशित मिति: बिहीबार, जेठ ३, २०८१  ११:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update