NRN
आईपीएलमा बिहीबार सनराइजर्स हैदराबाद र गुजरात टाइटन्सबिच भिडन्त हुँदै

इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको १७ औँ संस्करणमा बिहीबार सनराइजर्स हैदराबाद र गुजरात टाइटन्सबिच भिडन्त हुँदैछ । खेल राति ७ः४५ बजे हैदराबादस्थित राजिव गान्धी अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा सुरु हुनेछ ।

प्रतियोगिताको प्ले–अफ चरणमा पुग्न सङ‍्घर्षरत सनराइजर्स हैदराबादले उपाधि होडबाट बाहिरिइसकेको गुजरात टाइटन्सको सामना गर्न लागेकाे हाे । जारी आईपीएलमा यो ६६ औँ खेल हो । यसपछि आईपीएलको लिग चरणमा चारवटा खेलमात्र खेल्न बाँकी रहने छ । 

जारी सिजनको आईपीएलमा हैदराबादले खेल्न लागेको यो १३ औँ खेल हो । हैदराबाद यसअघि खेलिएको १२ मध्ये सात खेलमा विजयी र पाँच खेलमा पराजित भएको छ । हैदराबाद १४ अंकसहित तालिकाको चौथो स्थानमा आसिन छ । 

गुजरातले जारी सिजनको आईपीएलमा खेल्न लागेको यो १४ औँ खेल हो । गुजरातले यसअघि खेलिएको १३ मध्ये पाँच खेलमा जित र सात खेलमा हारको नतिजा निकालेको छ । गुजरात ११ अंकसहित तालिकाको आठौँ स्थानमा आसिन छ । लिग चरणमा गुजरातको यो अन्तिम खेल हो ।

गुजरात यसअघि नै उपाधि होडबाट बाहिरिइसकेको छ ।  

हाल १३ खेलबाट १९ अंक बटुलेको कोलकाता नाइट राइडर्स पहिलो र समान खेलबाट १६ अंक जोडेको राजस्थान रोयल्स दोस्रो स्थानमा छन् । कोलकाता र राजस्थान प्ले–अफ चरणमा पुगिसकेका छन् ।

सनराइजर्स हैदराबाद : प्याट कमिन्स (कप्तान), ट्राभिस हेड, नितिश रेड्डी, हेनरिच क्लासन (विकेटकिपर), अब्दुल समाद, शाहबाज अहमद, सनवीर सिंह, भुवनेश्वर कुमार, टी. नटराजन, जयदेव उनादकट र विजयकांत । इम्प्याक्ट प्लेयर : अभिषेक शर्मा ।

गुजरात टाइटन्स : शुभमन गिल (कप्तान), साई सदुर्शन, डेभिड मिल्लर, शाहरुख खान, म्याथ्यू वेड (विकेटकिपर), राहुल तेवतिया, राशिद खान, नुर अहमद, उमेश यादब, मोहित शर्मा र कार्तिक त्यागी । इम्प्याक्ट प्लेयर : संदीप वारियर ।

प्रकाशित मिति: बिहीबार, जेठ ३, २०८१  १२:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update