NRN
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले विपक्षी दलहरूसँग छलफल गर्दै

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले विपक्षी दलहरूसँग छलफल गर्ने भएको छ ।

शुक्रबार बिहान ११ बजे प्रतिनिधि सभा र दिउँसो १ बजेर १५ मिनेटमा राष्ट्रिय सभा बैठक बस्दैछ । उक्त बैठकअघि कांग्रेसले विपक्षी दलहरूसँग संयुक्त छलफल गर्न लागेको हो ।

कांग्रेसले राष्ट्रिय प्रजातन्त्र पार्टी, जनमत पार्टी, जनता समाजवादी पार्टी नेपाल, लोकतान्त्रिक समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चालाई छलफलका लागि बोलाएको छ ।

बिहीबार साँझ बसेको प्रतिनिधि सभा बैठकमा कांग्रेसले संसदीय छानबिन समिति गठनको माग गर्दै नाराबाजी गरेको थियो । त्यसबेला सभामुख देवराज घिमिरेले राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र पढ‍्न थालेपछि सदनमा रहेका विपक्षी दलका सांसदहरू पनि उठेर विरोध गरेका थिए ।

सहकारी प्रकरणमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने जोडिएको भन्दै कांग्रेसले संसदीय छानबिन समिति गठनको माग गर्दै आएको छ । तर सत्ता पक्ष यसमा तयार देखिएको छैन । 

संसदीय छानबिन समिति गठन नगरेसम्म कांग्रेसले प्रतिनिधि सभा र राष्ट्रिय सभामा अवरोध जारी राख्ने बताएको छ ।

प्रकाशित मिति: शुक्रबार, जेठ ४, २०८१  ११:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update