प्रधानमन्त्री 'प्रचण्ड' ले यही जेठ ७ गते संसदबाट विश्वासको मत लिने
प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' ले यही जेठ ७ गते संसदबाट विश्वासको मत लिने भएका छन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' ले यही जेठ ७ गते संसदबाट विश्वासको मत लिने भएका छन् ।
जनता समाजवादी पार्टी नेपालले सरकारबाट बाहिरिँदै समर्थन फिर्ता लिएकाले प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिन लागेका हुन् । सत्ता साझेदार दलले समर्थन फिर्ता लिएको अवस्थामा ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ ।
आफ्नो दल विभाजन भएपछि जसपाले ३१ वैशाखमा सरकार छाडेको थियो । उसले सरकारलाई दिएको समर्थन पनि फिर्ता लिएको छ ।
प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिन लागेको यो चौथो पटक हो । यसअघि कांग्रेसले समर्थन फिर्ता लिएपछि प्रधानमन्त्री प्रचण्डले फागुन ३० गते तेस्रो पटक विश्वासको मत लिनुभएको थियो ।
प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत प्राप्त गर्न गर्न १३८ सांसदको समर्थन चाहिन्छ ।
प्रकाशित मिति: शुक्रबार, जेठ ४, २०८१ ११:४१
प्रतिक्रिया दिनुहोस्