NRN
आईपीएलमा आज मुम्बई इण्डियन्स र लखनउ सुपर जाइन्ट खेल्दै

इन्डियन प्रिमियर लिग (आईपीएल) टी–२० क्रिकेटको १७ औँ संस्करणमा शुक्रबार मुम्बई इण्डियन्स र लखनउ सुपर जाइन्टबीच खेल हुँदैछ । खेल वानखेड स्टेडियममा राति ७ः४५ बजे सुरु हुनेछ ।

यी दुबै टोलीले आफ्नो अन्तिम खेल खेल्न लागेका हुन् ।

मुम्बई इन्डियन्सले यसअघि खेलिएको १३ मध्ये केवल चार खेलमा जित र नौ खेलमा हारको नतिजा निकालेको छ । मुम्बई आठ अंकसहित तालिकाको १० औँ स्थानमा छ ।

लखनउले यसअघि खेलिएको १३ मध्ये ६ खेलमा जित र सात खेलमा हारको नतिजा निकालेको छ । लखनउ १२ अंकसहित तालिकाको सातौँ स्थानमा छ ।

पञ्जाब किङ्स, गुजरात टाइटन्स र दिल्ली क्यापिटल्स पनि लिग चरणबाटै बाहिरिने पक्का भइसकेको छ । कोलकाता नाइट राइडर्स, राजस्थान रोयल्स र सनराइजर्स हैदराबाद भने प्रतियोगिताको प्ले–अफ चरणमा पुगिसकेका छन् ।

अब प्ले–अफ चरणमा पुग्ने एउटा टोलीको मात्र टुंगो लाग्न बाँकी छ । 

मुम्बई इन्डियन्स : हार्दिक पाण्ड्या (कप्तान), ईशान किशन (विकेटकिपर), सूर्यकुमार यादब, तिलक वर्मा, नेहल वाधेरा, टिम डेभिड, नमन धीर, जेराल्ड कुट्जी, पियुष चावला, नुवान थुषरा र जसप्रित बुमराह । इम्प्याक्ट प्लेयर : रोहित शर्मा ।

लखनउ सुपर जाइन्ट्स : केएल राहुल (कप्तान एवं विकेटकिपर), क्विन्टन डी काक, मार्कुस स्टोइनिस, क्रुणाल पाण्ड्या, निकोलस पुरन, दीपक हुड्डा, युद्धवीर सिंह, अरशद खान, रवि बिस्नोई, नविन उल–हक र मोहसिन खान । इम्प्याक्ट प्लेयर : आयुष बडोनी ।

प्रकाशित मिति: शुक्रबार, जेठ ४, २०८१  ११:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update