प्रतिनिधि सभाको बैठक आइतबार बिहान ११ बजेसम्मको लागि स्थगित
आज बिहान ११ बजे बस्ने गरी बोलाएको बैठक बस्दै नबसी आइतबार बिहान ११ बजेसम्मको लागि स्थगित गरिएको सभामुखको सचिवालयले जनाएको छ ।
प्रतिनिधि सभाको बैठक स्थगित भएको छ । आज बिहान ११ बजे बस्ने गरी बोलाएको बैठक बस्दै नबसी आइतबार बिहान ११ बजेसम्मको लागि स्थगित गरिएको सभामुखको सचिवालयले जनाएको छ ।
हिजो बसेको बैठकमा कांग्रेस र एमालेका सांसदहरूबीच धकेलाधकेल भएपछि आज ११ बजेका लागि बैठक बोलाइएको थियो । तर, दलहरुबीच कुरा नमिल्दा बैठक बस्न सकेन ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र विपक्षी दलका नेताहरूसँग संवाद गरेपछि सभामुख देवराज घिमिरेले बैठक स्थगित गरेका हुन् ।
सदनको गतिरोध हटाउन प्रधानमन्त्री प्रचण्डले कांग्रेसलाई छलफलको लागि आज बालुवाटार बोलाएका छन् । त्यसअघि प्रधानमन्त्रीले एमाले अध्यक्ष केपी शर्मा ओली र गृहमन्त्री रवि लामिछानेले छलफल गरेका थिए ।
प्रकाशित मिति: शुक्रबार, जेठ ४, २०८१ १६:०१
प्रतिक्रिया दिनुहोस्