नेपाल राष्ट्र बैंकले साताकाे पहिलाे दिन अर्थात् आइतबारको लागि विदेशि मुद्राकाे विनिमय दर निर्धारण गरेकाे छ । निर्धारण गरेकाे दर अनुसार अमेरिकी डलर, बेलायती पाउण्ड स्टर्लिङ र युरोपियन युरोकाे मूल्य घटेकाे छ ।
शुक्रबार एकको खरिदद १३३ रूपैयाँ ३१ पैसा र बिक्रीदर १३३ रूपैयाँ ९१ पैसा कायम गरिएको अमेरिकी डलर आज एकको खरिददर १३३ रूपैयाँ ०४ पैसा र बिक्रीदर १३३ रूपैयाँ ६४ पैसामा काराेबार भइरहेकाे छ । यो मूल्य अघिल्लो दिनको तुलनामा २७ पैसा घटेको हो ।
त्यसैगरी, क्यानेडियन डलर एकको खरिदमा भने ९७ रूपैयाँ ५३ पैसा र बिक्रीमा ९७ रूपैयाँ ९७ पैसा ताेकिएकाे छ भने अष्ट्रेलियन डलर एकको खरिदमा भने ८८ रूपैयाँ ५० पैसा र बिक्रीमा ८८ रूपैयाँ ९० पैसा पाइन्छ ।
त्यस्तै, शुक्रबार एकको खरिददर १६८ रूपैयाँ ७२ पैसा र बिक्रीदर १६९ रूपैयाँ ४८ पैसा कायम गरिएको पाउण्ड आज एकको खरिदमा १६८ रूपैयाँ ३० पैसा र बिक्रीदर १६९ रूपैयाँ ०६ पैसामा काराेबार भइरहेकाे छ ।
त्यसैगरी, युरोपियन युरो एकको खरिददर आज १४४ रूपैयाँ २२ पैसा र बिक्रीदर १४४ रूपैयाँ ८७ पैसा तोकिएको छ ।यो मूल्य अघिल्लो दिनको तुलनामा ६३ पैसा घटेको हो ।
त्यस्तै, मलेसियन रिंगिट एकको खरिदमा आइतबार २८ रूपैयाँ ३८ पैसा र बिक्रीमा २८ रूपैयाँ ५१ पैसा कायम गरिएको छ भने युएई दिराम एकको खरिदमा ३६ रूपैयाँ २२ पैसा र बिक्रीमा ३६ रूपैयाँ ३८ पैसा पाइन्छ ।
राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३५ रूपैयाँ ४७ पैसा र बिक्रीदर ३५ रूपैयाँ ६३ पैसा तोकेको छ भने कतारी रियाल एकको खरिदमा ३६ रूपैयाँ ४९ पैसा र बिक्रीमा ३६ रूपैयाँ ६६ पैसा पाइन्छ ।
त्यसैगरी, आज बहराइन दिनार एकको खरिददर ३५२ रूपैयाँ ९० पैसा र बिक्रीदर ३५४ रूपैयाँ ४९ पैसा तोकिएको छ भने आइतबार कुवेती दिनार एकको खरिदमा ४३३ रूपैयाँ ०३ पैसा र बिक्रीमा ४३४ रूपैयाँ ९८ पैसा पाइन्छ ।