NRN
आईपीएलमा आज शीर्ष दुई टोलीको भिडन्त

इन्डियन प्रिमियर लिग (आईपीएल) मा आज डबल हेडर खेलिनेछ । 

आजको पहिलो खेल दिउँसो ३ः४५ बजेदेखि घरेलु मैदान हैदराबादस्थित राजीव गान्धी अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा सनराइजर्स हैदराबाद र पञ्जाब किंग्सबिच हुनेछ । दुवै टोली यो सिजन दोस्रो पटक आमनेसामने हुँदैछन् । 

हैदराबादले १३ खेलमा ७ जित र ५ हार बेहोरेको छ । टोली अङ्क तालिकाको तेस्रो स्थानमा छ । टोली यसअघि नै प्लेअफमा पुगिसकेको छ । पञ्जाबले १३ खेलमध्ये ५ जित र ८ हारका साथ १० अङ्कसहित ९ नम्बरमा छ । पञ्जाब भने प्लेअफमा छनोट हुन सकेन । 

आजको दोस्रो खेल राजस्थान रोयल्स र कोलकाता नाइट राइडर्सबिच हुनेछ । खेल बेलुका ७ः४५ बजेदेखि गुवाहाटीस्थित बार्सपारा क्रिकेट रंगशालामा हुनेछ ।

टोली १६ अंकसहित तालिकाको तेस्रो स्थानमा छ । दोस्रो स्थानमा रहने टोलीले फाइनल पुग्ने दुईवटा मौका पाउँछ। जबकि तेस्रो स्थानमा रहेको टोलीले फाइनलमा पुग्न २ खेल खेल्नुपर्नेछ ।

प्रकाशित मिति: आइतबार, जेठ ६, २०८१  १२:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update