NRN
बाजुरामा पाँच दशमलब नौ म्याग्निच्युटको भूकम्प

 बाजुरा । आज दिउँसो सुदूरपश्चिम प्रदेशको बाजुरा जिल्ला केन्द्रविन्दु भएर  पाँच दशमलब नौ म्याग्निच्युटको भूकम्प आएको छ ।

अपराह्न २ः४३ बजे आएको भूकम्पको झट्काका कारण कैलालीमा पनि घरभित्र रहेका व्यक्ति बाहिर निस्किएका थिए । प्रदेशको राजधानी धनगढीमा पनि भूकम्पको ठूलो झट्का महसुस गरिएको थियो । 
  
सुर्खेतस्थित भूकम्पमापन केन्द्रका सूचना अधिकारी तीर्थराज दाहालले आज अपराह्न २ः४३ बजे बाजुराको मेला आसपास केन्द्रबिन्दु भएको पाँच दशमलब नौ म्याग्निच्युटको भूकम्प गएको जानकारी दिए । भूकम्पको धक्काबाट पुगेको क्षतिको विवरण आउन बाँकी छ ।

प्रकाशित मिति: मंगलबार, माघ १०, २०७९  १५:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update