NRN
फेरि सर्‍यो प्रतिनिधि सभाको बैठक

प्रतिनिधिसभा बैठक फेरि सारिएको छ । बिहान ११ बजेको बैठक २ बजेलाई सारिएकोमा विशेष कारण देखाउँदै पुन: साढे ४ बजेलाई सारिएको संसद सचिवालयले जनाएको छ ।

राष्ट्रिय सभाको बैठक भने बस्दै नबसी स्थगित भएको छ । दिउँसो १ बजेर १५ मिनेटका लागि बोलाइएको बैठक दिउँसो ३ बजेर १५ मिनेटमा बस्ने गरी स्थगित भएको थियो । सवा ३ बजे बस्ने भनिएको बैठक पनि बस्दै नबसी सोमबार दिउँसो १ बजेर १५ मिनेटमा बस्ने गरी स्थगित भएको छ ।

गत शुक्रबार पनि संघीय संसदको दुवै सभाको बैठक बस्न सकेको थिए । 

सहकारी प्रकरणमा संसदीय छानबिन बनाउँदा त्यसको कार्यविधिमा गृहमन्त्री रवि लामिछानेको नाम राख्ने कि नराख्ने भन्ने बारेमा सत्तारुढ दल र प्रमुख प्रतिपक्षी दलबिच सहमति जुट्न सकेको छैन । उनीहरूबिच सिंहदरबारमा दोस्रो चरणमा छलफल भइरहेको छ ।

 

 

 

कार्यादेश टुंगो लगाउन गठित कार्यदलको बैठक लम्बिएका कारण संसदको बैठक प्रभावित भएको हो ।

प्रकाशित मिति: आइतबार, जेठ ६, २०८१  १६:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update