NRN
हेलिकोप्टर दुर्घटनामा इरानी राष्ट्रपतिको मृत्यु भएको पुष्टि

इरानका राष्ट्रपति इब्राहिम रायसी र विदेशमन्त्री हुसेन अमिर अब्दुल्लाहियानको हेलिकोप्टर दुर्घटनामा निधन भएको पुष्टि भएको छ । 

आइतबार पूर्वी अजरबैजानको पश्चिमी प्रान्त जोफा क्षेत्रमा हेलिकोप्टर दुर्घटना हुँदा इरानका राष्ट्रपति र विदेशमन्त्री हुसैन अमिर–अब्दुल्लाहियनलगायतको निधन भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।

आइतबार हेलिकप्टर दुर्घटनामा परेका उनको अवस्था अज्ञात थियो । उद्धारकर्मी सोमबार बिहान घटनास्थल पुगेका थिए ।

दुर्घटनाग्रस्त हेलिकप्टरमा इरानी राष्ट्रपति इब्राहिम रायसी, विदेशमन्त्री होसेन अमीर-अब्दुल्लाहियान, इरानको पूर्वी अजरबैजान प्रान्तका गभर्नर मलिक रहमाती, पाइलट, सुरक्षा प्रमुख र चालक दलका सदस्य सवार रहेका थिए ।

राष्ट्रपति रायसी क्विज कालासी र खोडाफरिन बाँधको उद्घाटन गर्न अजरबैजान गएका थिए । बाँध उद्घाटन लगत्तै उनी तबरिज सहरतर्फ लागेका थिए ।

मौसम प्रतिकुल बनेपछि उनीहरु सवार हेलिकोप्टर ल्यान्डिङ हुन सकेको थिएन । ‘फोर्स ल्यान्डिङ’ का क्रममा हेलिकोप्टर दुर्घटना भएको प्रारम्भिक अनुमान गरिएको इरानको स्थानीय मिडियाले उल्लेख गरेका छन् ।

प्रकाशित मिति: सोमबार, जेठ ७, २०८१  ११:१३
प्रतिक्रिया दिनुहोस्
Weather Update