नेपाल राष्ट्र बैंकले सोमबारकाे लागि विदेशि मुद्राकाे विनिमय दर निर्धारण गरेकाे छ । निर्धारण गरेकाे दर अनुसार नेपाली बजारमा सोमबार युरोपियन युरोकाे मूल्य बढेकाे छ भने अमेरिकी डलरको मूल्य स्थिर रहेको छ ।
आइतबार एकको खरिददर १३३ रूपैयाँ ०४ पैसा र बिक्रीदर १३३ रूपैयाँ ६४ पैसामा कारोबार भएको अमेरिकी डलर सोमबार पनि सोही मूल्यमा किनबेच भइरहेको छ ।
त्यस्तै, अष्ट्रेलियन डलर एकको खरिदमा आज ८९ रूपैयाँ ०४ पैसा र बिक्रीमा ८९ रूपैयाँ ४५ पैसा तोकिएको छ भने सोमबार क्यानेडियन डलर एकको खरिदमा भने ९७ रूपैयाँ ७४ पैसा र बिक्रीमा ९८ रूपैयाँ १९ पैसा पाइन्छ ।
त्यसैगरी, आइतबार एकको खरिददर १४४ रूपैयाँ २२ पैसा र बिक्रीदर १४४ रूपैयाँ ८७ पैसा कायम गरिएको युरोपियन युरो राष्ट्र बैंकका अनुसार आज एकको खरिददर १४४ रूपैयाँ ६४ पैसा र बिक्रीदर १४५ रूपैयाँ २९ पैसामा काराेबार भइरहेकाे छ । यो मूल्य अघिल्लो दिनको तुलनामा ४२ पैसा बढेको हो ।
त्यस्तै, पाउण्ड स्टर्लिङ एकको खरिदमा भने १६८ रूपैयाँ ९७ पैसा र बिक्रीमा १६९ रूपैयाँ ७४ पैसा पाइन्छ ।
राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३५ रूपैयाँ ४७ पैसा र बिक्रीदर ३५ रूपैयाँ ६३ पैसा तोकेको छ भने कतारी रियाल एकको खरिदमा ३६ रूपैयाँ ४९ पैसा र बिक्रीमा ३६ रूपैयाँ ६६ पैसा पाइन्छ ।
सोमबार युएई दिराम एकको खरिदमा ३६ रूपैयाँ २२ पैसा र बिक्रीमा ३६ रूपैयाँ ३८ पैसा तोकेको छ भने मलेसियन रिंगिट एकको खरिदमा सोमबार २८ रूपैयाँ ३८ पैसा र बिक्रीमा २८ रूपैयाँ ५१ पैसा पाइन्छ ।
त्यसैगरी, आज बहराइन दिनार एकको खरिददर ३५२ रूपैयाँ ९० पैसा र बिक्रीदर ३५४ रूपैयाँ ४९ पैसा तोकिएको छ भने कुवेती दिनार एकको खरिदमा ४३३ रूपैयाँ १७ पैसा र बिक्रीमा ४३५ रूपैयाँ १३ पैसा पाइन्छ ।