NRN
प्रतिनिधिसभा बैठकमा कांग्रेस सांसदको नाराबाजी

प्रतिनिधि सभाको आजको बैठक सुरू भएको छ ।  बैठक सुरू भएसँगै प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले प्रतिनिधि सभाको बैठकमा अवरोध गरेको छ ।

बैठक सुरु हुनेवित्तिकै नेपाली कांग्रेसका सांसदहरू आसनबाट उठेर अवरोध गरेका हुन् । सभामुखले कांग्रेस सांसदहरूलाई बस्न गरेको आग्रह नसुनेर उनीहरू बेल घेर्न पुगेर नाराबाजी गरेका छन् ।

सोमबारको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' ले विश्वासको मत लिने तयारी गरेका छन् ।

सहकारी प्रकरणमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने जोडिएकोले संसदीय समिति बनाउनुपर्ने कांग्रेसको भनाइ छ । संसदीय छानबिन समितिको माग गर्दै निरन्तर सदन अवरोध गर्दै आइरहेको छ।

उनीहरूले सहकारी ठग गर्नेलाई कारबाही गर्न माग गरेका छन् ।

 

प्रकाशित मिति: सोमबार, जेठ ७, २०८१  ११:४७
प्रतिक्रिया दिनुहोस्
Weather Update