NRN
आज पनि सुनको मूल्यले पुनः नयाँ रेकर्ड कायम गर्न सफल, कतिमा हुँदैछ काराेबार ?

नेपाल सुनचाँदी व्यवसायी महासंघले साेमबारका लागि सुन-चाँदीको मूल्य सार्वजनिक गरेकाे छ । सार्वजनिक गरेकाे मूल्य अनुसार नेपाली बजारमा आज पनि सुनको मूल्यले पुनः नयाँ रेकर्ड कायम गर्न सफल भएको छ ।

लगातार नयाँ रेकर्ड बनाइरहेको सुनको मूल्य आज हालसम्मकै उच्च विन्दुमा पुगेको हो ।

महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ४१ हजार आठ सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ४१ हजार एक सय रूपैयाँमा कारोबार भइरहेको छ ।  यो मूल्य अघिल्लो दिनकाे तुलनामा नौ सय रूपैयाँ बढी हो ।

आइतबार छापावाल सुन प्रतितोला एक लाख ४० हजार नौ सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ४० हजार दुई सय रूपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, सोमबार चाँदीको मूल्य पनि अघिल्लो दिनको तुलनामा बढेको छ ।

आइतबार प्रतितोला एक हजार नौ सय १० रूपैयाँमा कारोबार भएको चाँदी यस दिन प्रतितोला एक हजार नौ सय ४० रूपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला ३० रूपैयाँ बढेको हो ।

आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस २४ सय ४५ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति: सोमबार, जेठ ७, २०८१  ११:५६
प्रतिक्रिया दिनुहोस्
Weather Update