NRN
मंगलबार पनि अमेरिकी डलरको मूल्य स्थिर,  अन्य मुद्रा कतिमा हुँदैछ काराेबार ?

नेपाल राष्ट्र बैंकका अनुसार मंगलबार पनि अमेरिकी डलरको मूल्य स्थिर रहेको छ ।

राष्ट्र बैंकका अनुसार शनिबारदेखि एकको खरिददर १३३ रूपैयाँ ०४ पैसा र बिक्रीदर १३३ रूपैयाँ ६४ पैसामा कारोबार भएको अमेरिकी डलर मंगलबार पनि सोही मूल्यमा किनबेच भइरहेको छ ।

आज युरोपियन युरो एकको खरिदमा १४४ रूपैयाँ ५२ पैसा र बिक्रीमा १४५ रूपैयाँ १७ पैसा तोकिएको छ भने पाउण्ड स्टर्लिङ एकको खरिदमा १६८ रूपैयाँ ९२ पैसा र बिक्रीमा १६९ रूपैयाँ ६८ पैसा पाइन्छ । 

त्यस्तै, क्यानेडियन डलर एकको खरिददर आज ९७ रूपैयाँ ६९ पैसा र बिक्रीदर ९८ रूपैयाँ १३ पैसा तोकिएको छ भने अष्ट्रेलियन डलर एकको खरिदमा भने ८८ रूपैयाँ ९५ पैसा र बिक्रीमा ८९ रूपैयाँ ३५ पैसा पाइन्छ।

त्यसैगरी, मलेसियन रिंगिट एकको खरिदमा मंगलबार २८ रूपैयाँ ४० पैसा र बिक्रीमा २८ रूपैयाँ ५३ पैसा तोकिएको छ भने युएई दिराम एकको खरिदमा ३६ रूपैयाँ २२ पैसा र बिक्रीमा ३६ रूपैयाँ ३८ पैसा पाइन्छ । 

 

राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३५ रूपैयाँ ४७ पैसा र बिक्रीमा ३५ रूपैयाँ ६३ पैसा तोकेको छ भने कतारी रियाल एकको खरिदमा ३६ रूपैयाँ ४९ पैसा र बिक्रीमा ३६ रूपैयाँ ६६ पैसा पाइन्छ ।

 

त्यसैगरी, आज बहराइन दिनार एकको खरिददर ३५२ रूपैयाँ ९० पैसा र बिक्रीदर ३५४ रूपैयाँ ४९ पैसा तोकिएको छ भने कुवेती दिनार एकको खरिदमा ४३३ रूपैयाँ ५२ पैसा र बिक्रीमा ४३५ रूपैयाँ ४८ पैसा पाइन्छ । 

प्रकाशित मिति: मंगलबार, जेठ ८, २०८१  ११:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update