कान्तिपुर पब्लिकेसन्सका अध्यक्ष कैलाश सिरोहियाविरुद्ध पक्राउ पुर्जी जारी
कान्तिपुर पब्लिकेसन्सका अध्यक्ष कैलाश सिरोहियाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।
जिल्ला प्रहरी कार्यालय धनुषाले सिरोहियालाई पक्राउ गर्न अदालतबाट अनुमति लिएको हो ।
धनुषा जिल्ला प्रहरी कार्यालयमा कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियाको नागरिकता कीर्ते रहेको भन्दै उजुरी दर्ता भएको थियाे । विभिन्न निकायमा पेस भएको सिरोहियाको नागरिकता नम्बर फरक-फरक रहेको जाहेरीमा उल्लेख छ ।
सर्लाहीका इन्द्रजीतप्रसाद महतोले सिरोहियाको दोहोरो नागरिकता छानविनको माग गर्दै जाहेरी दर्ता गराएका थिए ।
प्रकाशित मिति: मंगलबार, जेठ ८, २०८१ १२:५८
प्रतिक्रिया दिनुहोस्