नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार नेपाली बजारमा बुधबार सुनको मूल्य घटेको छ भने चाँदी बढेको छ ।
महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ४० हजार पाँच सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ३९ हजार आठ सय रूपैयाँमा कारोबार भइरहेको छ । अघिल्लाे दिनकाे तुलनामा यसदिन प्रतितोला एक सय रूपैयाँ घटेको हो ।
मंगलबार छापावाल सुन प्रतितोला एक लाख ४० हजार छ सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ३९ हजार नौ सय रूपैयाँमा कारोबार भएको थियो ।
त्यसैगरी, आज चाँदी प्रतितोला १९ सय रूपैयाँमा कारोबार भइरहेको छ । मंगलबारको तुलनामा बुधबार चाँदी प्रतितोला १५ रूपैयाँ बढेको हो ।
मंगलबार चाँदी प्रतितोला १८ सय ८५ रूपैयाँमा कारोबार भएको थियो ।
आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस २४ सय १४ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।