कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैशाल सिरोहिया पक्राउविरुद्ध जनकपुरमा प्रदर्शन भइरहेको छ । जनकपुर नागरिक समाजको ब्यानरमा प्रदर्शन भएको हो ।
प्रदर्शनकारीले ‘राज्य आतंक बन्द गर, सञ्चार उद्यमी कैलाश शिरोहियालाई रिहा गर’ नारासहित प्रदर्शन गरेका थिए । जनकपरको सुकरबारी बजारमा सडक अवरुद्ध गर्दै जनकपुर उद्योग वाणिज्य संघ, व्यवसायी, नागरिक समाज धर्ना बसेका छन् ।
यसैगरी सिरोहियालाई पक्राउ गरेको विरोधमा जनकपुरमा नेपाली कांग्रेस निकट विद्यार्थी संगठन नेविसंघले प्रदर्शन सुरू गरेको छ । नेविसंघका कार्यकर्ताहरू प्रदर्शन गर्दै धनुषा जिल्ला अदालत पुग्न खोज्दा प्रहरीले रोकेको छ । प्रदर्शनकारीले प्रेस स्वतन्त्रता कायम गर, सहकारी ठग सरकार मुर्दावाद, प्रतिशोधले कलम झुकाउन पाइँदैन जस्ता नारा लगाइरहेका छन् ।
अहिले प्रदर्शनकारीहरु अदालतनजिकै सरकारविरुद्ध नाराबाजी गरिरहेका छन् ।