NRN
नागरिकता कीर्ते प्रकरण : सिरोहियालाई ३ दिन हिरासतमा राख्न अदालतको अनुमति

कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई अदालतले ३ दिनको म्याद थप अनुमति दिएको छ ।

धनुषा जिल्ला अदालतले सिरोहियालाई हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई ३ दिनको म्याद थप अनुमति दिएको हो ।

नागरिकता कीर्ते प्रकरणमा सिरोहियालाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले मंगलबार पक्राउ गरेको थियो । उनलाई मंगलबार राति नै जनकपुर ल्याइएको थियो ।

प्रकाशित मिति: बुधबार, जेठ ९, २०८१  १६:००
प्रतिक्रिया दिनुहोस्
Weather Update