नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशि मुद्राकाे विनिमय दर निर्धारण गरेकाे छ । निर्धारण गरेकाे दर अनुसार नेपाली बजारमा बिहीबार अमेरिकी डलरको मूल्य घटेको छ ।
बुधबार एकको खरिददर १३३ रूपैयाँ पैसा र बिक्रीदर १३३ रूपैयाँ ६० पैसा तोकिएको अमेरिकी डलर राष्ट्र बैंकका अनुसार आज एकको खरिददर १३२ रूपैयाँ ९६ पैसा र बिक्रीदर १३३ रूपैयाँ ५६ पैसा कायम गरिएको छ । यो मूल्य अघिल्लो दिनको ४ पैसा घटेको हो ।
त्यस्तै, अष्ट्रेलियन डलर एकको खरिदमा आज ८८ रूपैयाँ ५४ पैसा र बिक्रीमा ८८ रूपैयाँ ९४ पैसा तोकिएको छ भने क्यानेडियन डलर एकको खरिदमा भने ९७ रूपैयाँ ३६ पैसा र बिक्रीमा ९७ रूपैयाँ ८० पैसा पाइन्छ ।
त्यसैगरी, बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर आज १६९ रूपैयाँ ०७ पैसा र बिक्रीदर १६९ रूपैयाँ ८३ पैसा तोकिएको छ भने आज युरोपियन युरो एकको खरिदमा भने १४४ रूपैयाँ ०२ पैसा र बिक्रीमा १४४ रूपैयाँ ६७ पैसा पाइन्छ ।
राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३५ रूपैयाँ ४५ पैसा र बिक्रीदर ३५ रूपैयाँ ६१ पैसा तोकेको छ भने कतारी रियाल एकको खरिदमा ३६ रूपैयाँ ४७ पैसा र बिक्रीमा ३६ रूपैयाँ ६४ पैसा पाइन्छ ।
त्यसैगरी, आज बहराइन दिनार एकको खरिददर ३५२ रूपैयाँ ६८ पैसा र बिक्रीदर ३५४ रूपैयाँ २८ पैसा तोकिएको छ भने बिहीबार कुवेती दिनार एकको खरिदमा ४३३ रूपैयाँ १२ पैसा र बिक्रीमा ४३५ रूपैयाँ ०८ पैसा पाइन्छ।
मलेसियन रिंगिट एकको खरिदमा बिहीबार २८ रूपैयाँ ३३ पैसा र बिक्रीमा २८ रूपैयाँ ४६ पैसा तोकेको छ भने युएई दिराम एकको खरिदमा ३६ रूपैयाँ २० र बिक्रीमा ३६ रूपैयाँ ३६ पैसा पाइन्छ ।