नेपाल सुनचाँदी व्यवसायी महासंघले बिहीबारका लागि सुन–चाँदीको मूल्य सार्वजनिक गरेकाे छ । सार्वजनिक गरेकाे मूल्य अनुसार नेपाली बजारमा बिहीबार सुन–चाँदीको मूल्य घटेको छ ।
महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ३८ हजार सात सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ३८ हजार ५० रूपैयाँमा कारोबार भइरहेको छ । अघिल्लाे दिनकाे तुलनामा यसदिन प्रतितोला एक हजार आठ सय रूपैयाँ घटेको हो ।
बुधबार छापावाल सुन प्रतितोला एक लाख ४० हजार पाँच सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ३९ हजार आठ सय रूपैयाँमा कारोबार भएको थियो ।
त्यसैगरी, आज चाँदी प्रतितोला १८ सय ६५ रूपैयाँमा कारोबार भइरहेको छ । बुधबारको तुलनामा बिहीबार चाँदी प्रतितोला ३५ रूपैयाँ घटेको हो । बुधबार चाँदी प्रतितोला १९ सय रूपैयाँमा कारोबार भएको थियो ।
अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस २३ सय ७२ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।