NRN
आज २५६८ औं बुद्ध जयन्ती, भगवान बुद्धप्रति आस्था प्रकट गरी मनाइँदै

वैशाख शुक्ल पूर्णिमाका दिन आज देशभर २५६८ औँ बुद्ध जयन्ती भगवान् बुद्धप्रति आस्था प्रकट गरी मनाइँदैछ । देशभरका  बौद्ध स्तुपहरूमा बौद्ध धर्मावलम्बीहरूको भीड छ ।

गौतम बुद्धको जन्म, बुद्धत्व प्राप्ति र महापरिनिर्वाण प्राप्ति पनि वैशाख शुक्ल पूर्णिमाकै दिन भएकाले यस दिनलाई बौद्ध धर्मावलम्बीले त्रिसंयोग दिवसका नामले महत्वपूर्ण दिनका रुपमा लिने गर्छन् ।

नेपालको लुम्बिनीमा इसापूर्व ५६३ अर्थात् आजभन्दा २५६८ वर्षअघि सिद्धार्थ गौतमको जन्म वैशाख शुक्ल पूर्णिमाकै दिनमा भएको थियो । 

स्तुपमा पुगेर बुद्धको पुजा गर्ने, आराधना र प्रवचन गरी बुद्धप्रति भक्तिभाव प्रकट गरिन्छ । गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा विशेष समारोह भइरहेको छ । 

काठमाडौंको बौद्ध, स्वयम्भू लगायतका स्थानमा पनि बाक्लो संख्यामा बौद्ध धर्मावलम्बीहरू उपस्थित भई बुद्धप्रति श्रद्धाभाव प्रकट गरेका छन् । 

बौद्ध धर्म मान्ने विभिन् समुदायहरूले र्‍याली निकालेका छन् ।

प्रकाशित मिति: बिहीबार, जेठ १०, २०८१  ११:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update