NRN
नागरिकता प्रकरण : सिरोहियाको फेरि म्याद थप्न अदालतमा पेश गरिँदै

नागरिकता प्रकरणमा पक्राउ परेका कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिराहियालाई धनुषा प्रहरीले आज फेरि म्याद थपको लागि अदालतमा पेश गर्न लागेको छ ।

जिल्ला प्रहरी कार्यालय धनुषाको हिरासतमा रहेको सिरोहियालाई पुनः म्याद थपको लागि जिल्ला अदालत धनुषामा पेश गर्न लागेको हाे । जिल्ला सरकारी वकिलको कार्यलयसँग छलफल गरी म्याद थपको लागि अदालतलाई सिफारिस गर्ने प्रहरीको तयारी छ ।

जिल्ला अदालत धनुषाले अनुसन्धानको लागि गत बुधबार तीनदिन प्रहरी हिरासतमा राख्न अनुमति दिएको थियाे ।

नागरिकतासम्बन्धि कसुरमा प्रहरीले गत मंगलबार सिराहियालाई काठमाडौंबाट पक्राउ गरी बुधबार विहान धनुषा लगेको थियो । अदालतबाट ३ दिनको म्याद लिएर उनीमाथि धनुषा प्रहरीले अनुसन्धान चलिरहेको छ ।
 

प्रकाशित मिति: शुक्रबार, जेठ ११, २०८१  १२:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update