NRN
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल एक घन्टाको लागि आन्तरिक र अन्तर्राष्ट्रिय सबै उडान बन्द

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल एक घन्टाको लागि आन्तरिक र अन्तर्राष्ट्रिय सबै उडान बन्द गरिएको छ । धावनमार्गमा सानाे खाल्डो परेपछि शुक्रबार मध्याह्न विमानस्थल बन्द गरिएको हो ।

रनवे ०२ भागमा सानो खाल्डो परेपछि एक घन्टाको लागि विमानस्थल बन्द गरिएको विमानस्थल कार्यालयका प्रवक्ता सुवास झाले बताए ।

'सानो आकारको खाल्डो परेको देखियो। त्यसलाई पुर्ने काम भइरहेको छ,' प्रवक्ता झाले भने, 'करिब एक घन्टापछि नियमित उडान हुनेछ ।'

अहिले धेरै वायुसेवाका जहाज ललितपुरमाथि होल्ड गरिरहेका छन् । थाइल्यान्डको बैंककबाट आइरहेको थाई एयरवेजदेखि आन्तरिक उडान पनि होल्ड गरिरहेका छन् ।

प्रकाशित मिति: शुक्रबार, जेठ ११, २०८१  १२:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update