प्रतिनिधि सभाको बैठक जेठ १३ गते अर्थात् आइतबारसम्मका लागि स्थगित
प्रतिनिधि सभाको शुक्रबारको बैठकमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले अवरोध गरेको छ । कांग्रेसको अवरोधपछि जेठ १३ गते अर्थात् आइतबार बिहान ११ बजेसम्मका लागि प्रतिनिधि सभा बैठक स्थगित भएको छ ।
सभामुख देवराज घिमिरेले बैठक सुरू गर्नेबित्तिकै प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले अवरोध गरेको हो ।
सभामुख घिमिरेले कार्यव्यवस्था परामर्श समितिको बैठकमा संसद अघि बढाउन सहमति भएको भन्दै अघि बढाउन आग्रह गरेका छन् । उनले संसदलाई विधिसम्मत तरिकाले अघि बढाउन प्रतिपक्षी र सत्तापक्षी जिम्मेवार हुनुपर्ने बताए ।
कांग्रेसले संसदीय छानबिन समिति गठनको माग गर्दै आएको छ ।
प्रकाशित मिति: शुक्रबार, जेठ ११, २०८१ १३:११
प्रतिक्रिया दिनुहोस्