NRN
घट्याे अमेरिकी डलर, पाउण्ड र युरोकाे मूल्य,  अन्य मूद्रा कतिमा हुँदैछ काराेबार ?

नेपाल राष्ट्र बैंकले साताकाे पहिलाे दिन अर्थात् आइतबारको लागि विदेशि मुद्राकाे विनिमय दर निर्धारण गरेकाे छ । निर्धारण गरेकाे दर अनुसार आज अमेरिकी डलर, पाउण्ड स्टर्लिङ र युरोपियन युरो घटेकाे छ । 

शुक्रबार एकको खरिदद १३२ रूपैयाँ ९६ पैसा र बिक्रीदर १३३ रूपैयाँ ५६ पैसा कायम गरिएको अमेरिकी डलर आज एकको खरिददर १३२ रूपैयाँ ६६ पैसा र बिक्रीदर १३३ रूपैयाँ २६ पैसामा काराेबार भइरहेकाे छ । यो मूल्य अघिल्लो दिनको तुलनामा ३० पैसा घटेको हो ।

त्यस्तै, शुक्रबार एकको खरिददर १६९ रूपैयाँ २९ पैसा र बिक्रीदर १७० रूपैयाँ ०६ पैसा कायम गरिएको बेलायती पाउण्ड स्टर्लिङ आज पाउण्ड एकको खरिदमा १६८ रूपैयाँ ६८ पैसा र बिक्रीदर १६९ रूपैयाँ ४५ पैसामा काराेबार भइरहेकाे छ ।

शुक्रबार एकको खरिदमा १४४ रूपैयाँ १८ पैसा र बिक्रीमा १४४ रूपैयाँ ८३ पैसा कायम गरिएको युरोपियन युरो आज एकको खरिददर आज १४३ रूपैयाँ ७५ पैसा र बिक्रीदर १४४ रूपैयाँ ४० पैसामा काराेबार भइरहेकाे छ । यो मूल्य अघिल्लो दिनको तुलनामा ४३ पैसा घटेको हो ।

 

 

त्यसैगरी, अष्ट्रेलियन डलर एकको खरिदमा भने ८७ रूपैयाँ ७४ पैसा र बिक्रीमा ८८ रूपैयाँ १४ पैसा कायम गरिएको छ भने क्यानेडियन डलर एकको खरिदमा ९६ रूपैयाँ ७४ पैसा र बिक्रीमा ९७ रूपैयाँ १८ पैसा पाइन्छ ।

त्यस्तै, युएई दिराम एकको खरिदमा ३६ रूपैयाँ १२ पैसा र बिक्रीमा ३६ रूपैयाँ २८ पैसा कायम गरिएको छ भने मलेसियन रिंगिट एकको खरिदमा आइतबार २८ रूपैयाँ १६ पैसा र बिक्रीमा २८ रूपैयाँ २८ पैसा पाइन्छ ।

राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३५ रूपैयाँ ३७ पैसा र बिक्रीदर ३५ रूपैयाँ ५३ पैसा तोकेको छ भने कतारी रियाल एकको खरिदमा ३६ रूपैयाँ ४० पैसा र बिक्रीमा ३६ रूपैयाँ ५६ पैसा पाइन्छ ।

त्यसैगरी, आज बहराइन दिनार एकको खरिददर ३५१ रूपैयाँ ९२ पैसा र बिक्रीदर ३५३ रूपैयाँ ५१ पैसा तोकिएको छ भने आइतबार कुवेती दिनार एकको खरिदमा ४३२ रूपैयाँ ०८ पैसा र बिक्रीमा ४३४ रूपैयाँ ०३ पैसा पाइन्छ ।

प्रकाशित मिति: आइतबार, जेठ १३, २०८१  ११:३५
प्रतिक्रिया दिनुहोस्
Weather Update