NRN
आईपीएल : फाइनल खेल आज कोलकाता नाइट राइडर्स र सनराइजर्स हैदराबादबिच हुँदै

ईन्डियन प्रिमियर लिग (आईपीएल) २०२४ को फाइनल खेल आज कोलकाता नाइट राइडर्स र सनराइजर्स हैदराबादबिच हुँदैछ । खेल चेन्नईको एमए चिदम्बरम स्टेडियम (चेपौक) मा साँझ ७:४५ बजे सुरु हुनेछ । 

यी दुई टोलीबिच यस सिजनको क्वालिफायर–१ पनि भिडन्त भएको थियो, जसमा कोलकाता ८ विकेटले विजयी भएको थियो । फाइनलमा भने कोलकाता र हैदराबाद पहिलो पटक भिड्न लागेका हुन् । 

कोलकाता चौथो पटक र हैदराबाद तेस्रो पटक फाइनल खेल्न लागेको छ । कोलकाताले दुई वर्षपछि र हैदराबादले पाँच वर्षपछि फाइनल खेल्नेछन्।

कोलकाता नाइट राइडर्स: श्रेयस अय्यर (कप्तान), रहमानउल्लाह गुरबाज (विकेटकिपर), रिंकु सिंह, रमनदीप सिंह, भेंकटेश अय्यर, सुनिल नारायण, आन्द्रे रसेल, हर्षित राणा, वैभव अरोरा, मिचेल स्टार्क र वरुण चक्रवर्ती।

इम्प्याक्ट प्लेयर: अंगकृष रघुवंशी

सनराइजर्स हैदराबाद: प्याट कमिन्स (कप्तान), ट्राभिस हेड, राहुल त्रिपाठी, हेनरिक क्लासेन (विकेटकिपर), अब्दुल समद, एडेन मार्कराम, अभिषेक शर्मा, नितिश रेड्डी, भुवनेश्वर कुमार, टी नटराजन र मयंक मार्कंडे।

इम्प्याक्ट प्लेयर: शाहबाज अहमद

प्रकाशित मिति: आइतबार, जेठ १३, २०८१  ११:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update