NRN
नारायणगढ-मुग्लिन सडकखण्डमा पहिरोले एक्सकाभेटर पुरियो, अपरेटरको मृत्यु

नारायणगढ–मुग्लिन सडक खण्डको तुइन खोला नजिकै पहिरो खसेर एकजना स्काभेटर चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा बर्दियाको गेडुवा गाउँपालिका-४ का अन्दाजी ३८ वर्षीय मंगल चौधरी  छन् ।

इच्छामनकामना गाउँपालिका-५ मा पर्ने सडक छेउमा नाला खन्नेक्रममा आइतबार बिहान सवा ९ बजेतिर माथिबाट झरेको ढुंगासहितको पहिरोमा पुरिएर चौधरी गम्भीर घाइते भएका थिए ।

पहिरोमा परी गम्भीर घाइते चौधरीको उपचारका क्रममा भरतपुरस्थित पुरानो मेडिकल कलेजमा मृत्यु भएको हो ।

स्काभेटरमा पूर्ण रुपमा क्षति भएको र सोही स्थानमा मुग्लिङबाट नारायणगढतर्फ जाँदै गरेको ना ६ ख १५११ नम्बरको ट्रकमासमेत सामान्य क्षति प्रहरीको भनाइ छ । सडक अहिले सञ्चालनमै छ ।

 

 

 

प्रकाशित मिति: आइतबार, जेठ १३, २०८१  १२:००
प्रतिक्रिया दिनुहोस्
Weather Update