प्रतिनिधिसभा बैठक सुरु हुँदै
आइतबार बिहान ११ बजेका लागि बोलाइएको बैठक झन्डै १ घण्टा ढिला सुरु हुन लागेको हो ।
प्रतिनिधिसभाको बठक सुरु हुँदैछ । आइतबार बिहान ११ बजेका लागि बोलाइएको बैठक झन्डै १ घण्टा ढिला सुरु हुन लागेको हो ।
संसद् बैठक सहज सञ्चालनका लागि दलहरुबिच सहमतिको प्रयास गरेपनि सहमति जुट्न नसकेपछि बैठक अघि बढाउन लागिएको हो ।
आजको बैठकमा पनि प्रमुख प्रतिपक्षी दलले गृहमन्त्रीमाथि संसदीय छानबिन समितिको माग गर्दै बैठक अवरोध गर्ने भएको छ । संसदीय छानबिन समिति बनाउँदा गृहमन्त्रीको नाम प्रस्ट लेख्नुपर्ने अडान जारी राखेको छ ।
प्रकाशित मिति: आइतबार, जेठ १३, २०८१ १२:१२
प्रतिक्रिया दिनुहोस्