नेपाल राष्ट्र बैंकका अनुसार नेपाली बजारमा सोमबार अमेरिकी डलरको मूल्य स्थिर रहेको छ भने युरोपियन युरोकाे मूल्य बढेकाे छ ।
राष्ट्र बैंकका अनुसार आइतबार एकको खरिददर १३२ रूपैयाँ ६६ पैसा र बिक्रीदर १३३ रूपैयाँ २६ पैसामा कारोबार भएको अमेरिकी डलर सोमबार पनि सोही मूल्यमा काराेबार भइरहेको छ ।
त्यस्तै, अष्ट्रेलियन डलर एकको खरिदमा आज ८७ रूपैयाँ ९३ पैसा र बिक्रीमा ८८ रूपैयाँ ३२ पैसा तोकिएको छ भने सोमबार क्यानेडियन डलर एकको खरिदमा भने ९७ रूपैयाँ ०९ पैसा र बिक्रीमा ९७ रूपैयाँ ५३ पैसा पाइन्छ ।
त्यसैगरी, आइतबार एकको खरिददर १४३ रूपैयाँ ७५ पैसा र बिक्रीदर १४४ रूपैयाँ ४० पैसा कायम गरिएको युरोपियन युरो आज एकको खरिददर १४३ रूपैयाँ ९० पैसा र बिक्रीदर १४४ रूपैयाँ ५५ पैसामा पाइन्छ । यो मूल्य अघिल्लो दिनको तुलनामा १५ पैसा बढेको हो ।
पाउण्ड स्टर्लिङ एकको खरिदमा भने १६९ रूपैयाँ ०४ पैसा र बिक्रीमा १६९ रूपैयाँ ८० पैसा पाइन्छ ।
राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३५ रूपैयाँ ३७ पैसा र बिक्रीदर ३५ रूपैयाँ ५३ पैसा तोकेको छ भने कतारी रियाल एकको खरिदमा ३६ रूपैयाँ ४० पैसा र बिक्रीमा ३६ रूपैयाँ ५६ पैसा पाइन्छ ।
त्यस्तै, युएई दिराम एकको खरिदमा ३६ रूपैयाँ १२ पैसा र बिक्रीमा ३६ रूपैयाँ २८ पैसा तोकेको छ भने मलेसियन रिंगिट एकको खरिदमा सोमबार २८ रूपैयाँ १६ पैसा र बिक्रीमा २८ रूपैयाँ २८ पैसा पाइन्छ ।
त्यसैगरी, आज बहराइन दिनार एकको खरिददर ३५१ रूपैयाँ ८८ पैसा र बिक्रीदर ३५३ रूपैयाँ ४७ पैसा तोकिएको छ भने सोमबार कुवेती दिनार एकको खरिदमा ४३२ रूपैयाँ १६ पैसा र बिक्रीमा ४३४ रूपैयाँ ११ पैसा पाइन्छ ।