NRN
टी-२० विश्वकप वार्मअपअन्तर्गत पहिलो खेलमा नेपालले आज क्यानडासँग खेल्ने

टी-२० विश्वकप वार्मअपअन्तर्गत पहिलो खेलमा नेपालले आज क्यानडासँग खेल्दैछ । खेल अमेरिकाको डलासमा राति सवा ९ बजे सुरु हुनेछ।

यसअघि नेपालले वेष्टइण्डिजको सेन्ट भिसेन्टमा विनवार्ड्सविरुद्ध तीन र त्यसपछि अमेरिकामा ह्युस्टन हरिकेन्ससँग दुई टी-२० अभ्यास खेल खेलेको थियो । 

क्यानडासँगको खेलपछि नेपालले ३० मेमा अमेरिकासँग आईसीसीको वार्मअप खेल खेल्नेछ । क्यानडा र अमेरिकासँग वार्मअप खेलपछि नेपालको सम्पूर्ण तयारी सकिनेछ ।

विश्वकप १ जुनदेखि २९ सम्म अमेरिका र वेष्टइण्डिजमा सुरु हुँदैछ । नेपालले डालासमै नेदरल्याड्ससँग ४ जुनमा खेल्दै विश्वकपको सुरुवात गर्नेछ ।

नेपालका अलराउण्डर दीपेन्द्रसिंह ऐरीले भने क्यानडासँगको वार्मअप पनि नखेल्ने भएका छन् । विनवार्ड्सविरुद्धको तेस्रो अभ्यास खेलअघि उनको खुट्टा मर्केको थियो ।

नेपाल रहेको समूहमा दक्षिण अफ्रिका, नेदरल्यान्ड्स श्रीलंका र बंगलादेश छन् ।

प्रकाशित मिति: सोमबार, जेठ १४, २०८१  ११:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update