नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशि मुद्राकाे विनिमयदर निर्धारण गरेकाे छ । निर्धारण गरेकाे दर अनुसार नेपाली बजारमा बिहीबार अमेरिकी डलरको मूल्य बढेको छ ।
बुधबार एकको खरिददर १३२ रूपैयाँ ७९ पैसा र बिक्रीदर १३३ रूपैयाँ ३९ पैसा तोकिएको अमेरिकी डलर राष्ट्र बैंकका अनुसार आज डलर एकको खरिददर १३३ रूपैयाँ ०६ पैसा र बिक्रीदर १३३ रूपैयाँ ६६ पैसामा काराेबार भइरहेकाे छ । यो मूल्य अघिल्लो दिनको २७ पैसा बढेको हो ।
त्यस्तै, अष्ट्रेलियन डलर एकको खरिदमा आज ८८ रूपैयाँ २३ पैसा र बिक्रीमा ८८ रूपैयाँ ६३ पैसा तोकिएको छ भने क्यानेडियन डलर एकको खरिदमा भने ९७ रूपैयाँ ३१ पैसा र बिक्रीमा ९७ रूपैयाँ ७५ पैसा पाइन्छ ।
त्यसैगरी, बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर आज १६९ रूपैयाँ ५८ पैसा र बिक्रीदर १७० रूपैयाँ ३५ पैसा तोकिएको छ भने आज युरोपियन युरो एकको खरिदमा १४४ रूपैयाँ २४ पैसा र बिक्रीमा १४४ रूपैयाँ ८९ पैसा पाइन्छ ।
राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३५ रूपैयाँ ४८ पैसा र बिक्रीदर ३५ रूपैयाँ ६४ पैसा तोकेको छ भने कतारी रियाल एकको खरिदमा ३६ रूपैयाँ ५० पैसा र बिक्रीमा ३६ रूपैयाँ ६७ पैसा पाइन्छ ।
त्यस्तै, युएई दिराम एकको खरिदमा ३६ रूपैयाँ २३ र बिक्रीमा ३६ रूपैयाँ ३९ पैसा तोकेको छ भने मलेसियन रिंगिट एकको खरिदमा बिहीबार २८ रूपैयाँ २९ पैसा र बिक्रीमा २८ रूपैयाँ ४२ पैसा पाइन्छ ।
त्यसैगरी, आज बहराइन दिनार एकको खरिददर ३५२ रूपैयाँ ९४ पैसा र बिक्रीदर ३५४ रूपैयाँ ५४ पैसा तोकिएको छ भने बिहीबार कुवेती दिनार एकको खरिदमा ४३३ रूपैयाँ ६५ पैसा र बिक्रीमा ४३५ रूपैयाँ ६० पैसा पाइन्छ ।