NRN
एकैदिन दुई हजार तीन सय रूपैयाँ बढ्याे सुनकाे मूल्य, ताेलाकाे कति ?

नेपाल सुनचाँदी व्यवसायी महासंघले बिहिबारकाे लागि सुन–चाँदीको मूल्य सार्वजनिक गरेकाे छ । सार्वजनिक गरेकाे मूल्य अनुसार नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेको छ भने  चाँदीको मूल्य घटेको छ ।

अन्तर्राष्ट्रिय बजारमा गिरावट आएको भएपनि बजेटले बढाएको भन्सार समायोजन हुँदा नेपाली बजारमा सुनको मूल्य बढेको छ ।

महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ४० हजार पाँच सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ३९ हजार आठ सय रूपैयाँमा कारोबार भइरहेको छ । अघिल्लाे दिनकाे तुलनामा यसदिन प्रतितोला दुई हजार तीन सय रूपैयाँ बढेको हो ।

बुधबार छापावाल सुन प्रतितोला एक लाख ३८ हजार दुई सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ३७ हजार पाँच सय ५० रूपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, महासंघका अनुसार आज चाँदी प्रतितोला १ हजार ९ सय  रूपैयाँमा कारोबार भइरहेको छ । बुधबारको तुलनामा आज चाँदी प्रतितोला ३० रूपैयाँ घटेको हो । बुधबार चाँदी प्रतितोला १ हजार ९ सय ३० रूपैयाँमा कारोबार भएको थियो । 

आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस २३ सय ३६ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति: बिहीबार, जेठ १७, २०८१  ११:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update