कान्तिपुर सेभिङ एन्ड क्रेडिट कोअपरेटिभ संस्थाका तत्कालीन अध्यक्ष सीबी लामा पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई भारतीय सीमा छेउबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
उनी पशुपति सेभिङ एन्ड क्रेडिटका अध्यक्ष समेत हुन् । उनले कान्तिपुर सहकारीको ६ अर्ब र पशुपतिको २ अर्ब गरी ८ अर्ब रकम अपचलन गरेको आरोप लागेको छ ।
कान्तिपुर सहकारीका तत्कालीन अध्यक्ष लामा तथा सञ्चालकहरूले बचतकर्ता र सेयर सदस्यको साढे ६ अर्ब दुरुपयोग गरी व्यक्तिगत नाममा घरजग्गा, निजी कम्पनी र रिसोर्टमा लगानी गरेका थिए ।
कान्तिपुर सेभिङ्ग एण्ड क्रेडिटको सञ्चालक समितिका सञ्चालक विरुद्ध अहिलेसम्म ३ सय ५० भन्दा धेरै बचतकर्ताले जाहेरी दिएका छन् । काठमाडौँ जिल्ला अदालतमा दायर गरेको ठगीको मुद्दामा पूर्वअध्यक्ष रहेका सिबी लामा एक्लैले निक्षेपकर्ताको एक अर्ब भन्दा बढी रकम ठगी गरेको अनुसन्धानमा उल्लेख छ ।