NRN
शुक्रबारको विदेशि मुद्रा कतिमा हुँदैछ काराेबार ?

नेपाल राष्ट्र बैंकले साताकाे अन्तिम दिन अर्थात् शुक्रबारको विदेशि मुद्राकाे विनिमय दर सार्वजनिक गरेको छ । 

राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर १३३ रूपैयाँ ०२ पैसा र बिक्रीदर १३३ रूपैयाँ ६२ पैसा कायम गरिएको छ भने अष्ट्रेलियन डलर एकको खरिदमा आज ८८ रूपैयाँ ०८ पैसा र बिक्रीमा ८८ रूपैयाँ ४८ पैसा पाइन्छ ।

क्यानेडियन डलर भने एकको खरिदमा ९७ रूपैयाँ ०४ पैसा र बिक्रीमा ९७ रूपैयाँ ४८ पैसा पाइन्छ ।

त्यस्तै,बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर १६९ रूपैयाँ १७ पैसा र बिक्रीदर १६९ रूपैयाँ ९३ पैसा तोकिएको छ। युरोपियन युरो एकको खरिदमा १४३ रूपैयाँ ९३ पैसा र बिक्रीमा १४४ रूपैयाँ ५८ पैसा पाइन्छ।

त्यसैगरी, मलेसियन रिंगिट एकको खरिदमा शुक्रबार २८ रूपैयाँ २८ पैसा र बिक्रीमा २८ रूपैयाँ ४१ पैसा पाइन्छ । युएई दिराम एकको खरिदमा ३६ रूपैयाँ २१ पैसा र बिक्रीमा ३६ रूपैयाँ ३८ पैसा पाइन्छ । 

राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३५ रूपैयाँ ४७ पैसा र बिक्रीदर ३५ रूपैयाँ ६३ पैसा तोकेको छ भने कतारी रियाल एकको खरिदमा ३६ रूपैयाँ ४९ पैसा र बिक्रीमा ३६ रूपैयाँ ६६ पैसा पाइन्छ ।

त्यसैगरी, आज बहराइन दिनार एकको खरिददर ३५२ रूपैयाँ ८१ पैसा र बिक्रीदर ३५४ रूपैयाँ ४१ पैसा तोकिएको छ भने शुक्रबार कुवेती दिनार एकको खरिदमा ४३३ रूपैयाँ ३९ पैसा र बिक्रीमा ४३५ रूपैयाँ ३४ पैसा पाइन्छ ।

प्रकाशित मिति: शुक्रबार, जेठ १८, २०८१  १२:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update