केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले ६० किलोभन्दा बढी सुन तस्करी प्रकरणमा एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काभ्रेको तेमाल गाउँपालिका घर भएका ४५ वर्षीय कान्छामान ‘थर्कमान’ लामा छन् ।
लामालाई केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले लाजिम्पाटबाट पक्राउ गरेको हो ।
पूर्वन्यायाधीश डिल्लीराज आचार्य अध्यक्ष रहेको सुन तस्करी जाँचबुझ आयोगको प्रतिवेदनका आधारमा सीआईबीले अहिले दोस्रो चरणको अनुसन्धान अघि बढाएको छ । लामाको भूमिका शंकास्पद देखिएपछि पक्राउ गरेर प्रहरीले अनुसन्धान अघि बढाएको सीआईबीले जनाएको छ ।
राजश्व अनुसन्धान विभागले २ साउनमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार जाँचपास भएर बाहिरिंदै गरेको ६० किलोभन्दा बढी सुन बरामद गरेको थियो । पछि उक्त सुन तस्करीको अनुसन्धान सीआईबीले गरेको थियो ।
तस्करीमा संलग्न मध्येका जीवन कुमार गुरुङ फरार छन् ।