गण्डकीको नीति तथा योजना आयोग उपाध्यक्षमा कृष्णचन्द्र देवकोटा
गण्डकी प्रदेशको नीति तथा योजना आयोगको उपाध्यक्षमा कृष्णचन्द्र देवकोटा नियुक्त भएका छन् । मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आयोगको देवकोटालाई उपाध्यक्षमा नियुक्त गरेका हुन् ।
गोरखाको पालुङटार नगरपालिका–३ निवासी देवकोटालाई मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले बिहीबार उक्त पदमा नियुक्त गरेका हुन् ।देवकोटालाई बिहीबार शपथग्रहण गराइएको थियो ।
मुख्यमन्त्री पाण्डेले देवकोटालाई पहिलो कार्यकालमा पनि उपाध्यक्षमा नियुक्त गरेका थिए ।
देवकोटाले दक्षिण कोरियाको क्योङपुक नेसनल युनिभर्सिटीबाट भूगर्भशास्त्रमा विद्यावारिधि गरेका छन् । देवकोटा हाल ‘ग्लोबल इन्स्टिच्युट फर इन्टर डिसिप्लिनरी स्डडिज’ (जिआइइएस) मा आबद्ध छन् ।
प्रकाशित मिति: शुक्रबार, जेठ १८, २०८१ १२:५२
प्रतिक्रिया दिनुहोस्