NRN
बढ्याे नेपाली बजारमा अमेरिकी डलर, युरो र पाउण्डको मूल्य, अन्य मुद्रा कतिमा हुँदैछ काराेबार ?

नेपाल राष्ट्र बैंकले साताकाे पहिलाे दिन अर्थात् आइतबारको लागि विदेशि मुद्राकाे  विनिमय दर निर्धारण गरेको छ । निर्धारण गरेको दर अनुसार नेपाली बजारमा अमेरिकी डलर, युरो र पाउण्डको मूल्य बढेकाे छ । 

शुक्रबार एकको खरिदद १३३ रूपैयाँ ०२ पैसा र बिक्रीदर १३३ रूपैयाँ ६२ पैसा कायम गरिएको अमेरिकी डलर आज एकको खरिददर १३३ रूपैयाँ २५ पैसा र बिक्रीदर १३३ रूपैयाँ ८५ पैसामा काराेबार भइरहेकाे छ । यो मूल्य अघिल्लो दिनको तुलनामा २३ पैसा बढेको हो ।

अष्ट्रेलियन डलर एकको खरिदमा ८८ रूपैयाँ ६६ पैसा र बिक्रीमा ८९ रूपैयाँ ०६ पैसा ताेकेकाे छ भने  क्यानेडियन डलर एकको खरिदमा भने ९७ रूपैयाँ ७४ पैसा र बिक्रीमा ९८ रूपैयाँ १८ पैसा पाइन्छ ।

त्यस्तै, शुक्रबार एकको खरिददर १६९ रूपैयाँ १७ पैसा र बिक्रीदर १६९ रूपैयाँ ९३ पैसा कायम गरिएको पाउण्ड आज एकको खरिदमा १६९ रूपैयाँ ५२ पैसा र बिक्रीदर १७० रूपैयाँ २८ पैसा तोकिएको छ ।

त्यसैगरी, शुक्रबार एकको खरिदमा १४३ रूपैयाँ ९३ पैसा र बिक्रीमा १४४ रूपैयाँ ५८ पैसा कायम गरिएको युरोपियन युरो आज एकको खरिददर १४४ रूपैयाँ ६२ पैसा र बिक्रीदर १४५ रूपैयाँ २७ पैसा तोकिएको छ । यो मूल्य अघिल्लो दिनको तुलनामा ६९ पैसा बढेको हो ।

त्यस्तै, युएई दिराम एकको खरिदमा ३६ रूपैयाँ २८ पैसा र बिक्रीमा ३६ रूपैयाँ ४४ पैसा पाइन्छ । मलेसियन रिंगिट एकको खरिदमा आइतबार २८ रूपैयाँ ३१ पैसा र बिक्रीमा २८ रूपैयाँ ४४ पैसा पाइन्छ ।

राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३५ रूपैयाँ ५३ पैसा र बिक्रीदर ३५ रूपैयाँ ६९ पैसा तोकेको छ भने कतारी रियाल एकको खरिदमा ३६ रूपैयाँ ५६ पैसा र बिक्रीमा ३६ रूपैयाँ ७२ पैसा पाइन्छ ।

त्यसैगरी, आज बहराइन दिनार एकको खरिददर ३५३ रूपैयाँ ४२ पैसा र बिक्रीदर ३५५ रूपैयाँ ०२ पैसा तोकिएको छ भने आइतबार कुवेती दिनार एकको खरिदमा ४३४ रूपैयाँ ०४ पैसा र बिक्रीमा ४३५ रूपैयाँ ९९ पैसा पाइन्छ ।

प्रकाशित मिति: आइतबार, जेठ २०, २०८१  ११:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update