NRN
आईसीसी टी–२० विश्वकप :  आज वेस्ट इन्डिज र पपुवा न्यु गिनी (पीएनजी) बिच भिडन्त हुँदै

आईसीसी टी–२० विश्वकप क्रिकेट प्रतियोगिताको नवौँ संस्करणमा आइतबार आयोजक वेस्ट इन्डिज र पपुवा न्यु गिनी (पीएनजी) बिच भिडन्त हुँदैछ । खेल क्यारेबियन राष्ट्र गुयनाको जर्जटाउनस्थित प्रोभिडेन्स स्टेडियममा नेपाली समयअनुसार, राति २०ः१५ बजे सुरु हुनेछ । 

टी–२० विश्वकपको नवौँ संस्करणमा खेल्न लागिएको यो दोस्रो खेल हो । यसअघि आइतबार नै डालासमा खेलिएको प्रतियोगिताको उद्घाटन खेलमा आयोजक अमेरिकाले क्यानडालाई सात विकेटले हराएको थियो ।

आईसीसीको पछिल्लो टी–२० अन्तर्राष्ट्रिय वरीयतामा वेस्ट इन्डिज चौथो स्थानमा आसीन छ । पीएनजी भने वरीयताको २० औँ स्थानमा छ ।

नवौँ विश्वकपमा वेस्ट इन्डिज र पीएनजी समूह ‘सी’ मा रहेका छन् । त्यो समूहमा न्युजिल्यान्ड, अफगानिस्तान र युगान्डा पनि छन् । वेस्ट इन्डिजले सन् २००७ मा सम्पन्न टी–२० विश्वकपको पहिलो संस्करणदेखि नै निरन्तर रूपमा सहभागिता जनाउँदै आएको छ ।

वेस्ट इन्डिज : रोभमन पोवेल (कप्तान), जोन्सन जार्ल्स, ब्रान्डन किङ, साई होप, रोस्टन चेज, निकोलस पुरन (विकेटकिपर), आन्द्रे रसेल, अकिल हुसैन, अल्जारी जोसेफ, शामर जोसेफ र गुडाकेश मोटी ।

पपुवा न्यु गिनी : असदुल्ला वाला (कप्तान), टोनी उरा, सेसे बाउ, लेगा सियाका, चाल्र्स अमिनी, हिरी हिरी, किपलिङ डोरिगा (विकेटकिपर), चाड सोपर, नोर्मन वनुआ, जोन कारिको र काबुआ मोरिया । 

प्रकाशित मिति: आइतबार, जेठ २०, २०८१  ११:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update