NRN
अनुदान कटौतीको निर्णय सच्याउन स्थानीय तहले दियो ७ दिनको अल्टिमेटम

स्थानीय तहका जनप्रतिनिधिले अनुदान कटौती सच्याउन ७ दिनको अल्टिमेटम दिएका छन् । चालु आर्थिक वर्ष २०८०/८१ को अन्तिम किस्तामा पाउनुपर्ने वित्तीय समानीकरण अनुदान २५ प्रतिशत कटौती भएको भन्दै उनीहरुले सच्याउन माग गरेका हुन् ।

तोकिएको अनुदान पाउनुपर्ने माग ७ दिनभित्र सम्बोधन नभए ७५३ स्थानीय तह बन्द गरेर सिंहदरबार आउने चेतावनी गाउँपालिका राष्ट्रिय महासंघ र नगरपालिका संघले दिएको छ ।

यी दुबै संस्थाका प्रतिनिधिले आज अर्थ मन्त्रालयबाहिर धर्ना र प्रदर्शन गरेका छन् ।

अर्थ मन्त्रालयले भने राजस्व कम उठेको र स्रोतको दबाबका कारण वित्तीय समानीकरण अनुदान कटौती गरेको तर्क गरेको छ ।

प्रकाशित मिति: आइतबार, जेठ २०, २०८१  १६:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update