NRN
साेमबार अमेरिकी डलरको मूल्य स्थिर रहँदा घट्याे युरोपियन युरोको मूल्य, अन्य मुद्रा कतिमा हुँदैछ काराेबार ?

नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशि मुद्राकाे विनिमय दर निर्धारण गरेकाे छ ।  निर्धारण गरेकाे दर अनुसार सोमबार नेपाली बजारमा अमेरिकी डलरको मूल्य स्थिर रहेको छ भने  युरोपियन युरोको मूल्य घटेकाे छ । 

राष्ट्र बैंकका अनुसार आइतबार एकको खरिददर १३३ रूपैयाँ २५ पैसा र बिक्रीदर १३३ रूपैयाँ ८५ पैसामा कारोबार भएको अमेरिकी डलर सोमबार पनि सोही मूल्यमा काराेबार भइरहेको छ ।

त्यस्तै, अष्ट्रेलियन डलर एकको खरिदमा आज ८८ रूपैयाँ ६५ पैसा र बिक्रीमा ८९ रूपैयाँ ०५ पैसा तोकिएको छ भने सोमबार क्यानेडियन डलर एकको खरिदमा ९७ रूपैयाँ ७८ पैसा र बिक्रीमा ९८ रूपैयाँ २२ पैसा पाइन्छ ।

पाउण्ड स्टर्लिङ एकको खरिदमा भने १६९ रूपैयाँ ७९ पैसा र बिक्रीमा १७० रूपैयाँ ५६ पैसा पाइन्छ ।

त्यसैगरी, आइतबार एकको खरिददर १४४ रूपैयाँ ६२ पैसा र बिक्रीदर १४५ रूपैयाँ २७ पैसा  कायम गरिएको युरोपियन युरोको आज एकको खरिददर १४४ रूपैयाँ ४८ पैसा र बिक्रीदर १४५ रूपैयाँ १३ पैसामा काराेबार भइरहेकाे छ । यो मूल्य अघिल्लो दिनको तुलनामा १४ पैसा घटेको हो ।

त्यस्तै, युएई दिराम एकको खरिदमा ३६ रूपैयाँ २८ पैसा र बिक्रीमा ३६ रूपैयाँ ४४ पैसा पाइन्छ । मलेसियन रिंगिट एकको खरिदमा सोमबार २८ रूपैयाँ ३१ पैसा र बिक्रीमा २८ रूपैयाँ ४४ पैसा पाइन्छ ।

राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३५ रूपैयाँ ५३ पैसा र बिक्रीदर ३५ रूपैयाँ ६९ पैसा तोकेको छ भने कतारी रियाल एकको खरिदमा ३६ रूपैयाँ ५६ पैसा र बिक्रीमा ३६ रूपैयाँ ७२ पैसा पाइन्छ । 

त्यसैगरी, आज बहराइन दिनार एकको खरिददर ३५३ रूपैयाँ ४२ पैसा र बिक्रीदर ३५५ रूपैयाँ ०२ पैसा तोकिएको छ भने सोमबार कुवेती दिनार एकको खरिदमा ४३४ रूपैयाँ २४ पैसा र बिक्रीमा ४३६ रूपैयाँ १९ पैसा पाइन्छ । 

प्रकाशित मिति: सोमबार, जेठ २१, २०८१  ११:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update