NRN
जापानको इशिकावा प्रान्तमा ५.९ म्याग्निच्युडको भूकम्प

जापानको इशिकावा प्रान्तमा ५.९ म्याग्निच्युडको भूकम्प गएको छ । जापानको इशिकावा प्रान्तमा गएको उक्त भूकम्पबाट कुनै क्षति नभएको जापानी सञ्चारमाध्यमले जनाएका छन् । 

सोमबार बिहान स्थानीय समय अनुसार करिब साढे ६ बजेतिर भूकम्पको पहिलो धक्का महसुस भएको थियो । पहिलो धक्का ५.९ म्याग्निच्युडको र दोस्रो धक्का ४.८ म्याग्निच्युडको मापन भएको थियो ।

यो धक्काले इशिकावा प्रान्तको वाजिमा, सुजु, नोटो, नानो र अनामिजु लगायत शहरहरुमा महसुस भएको थियो ।

भूकम्प लगत्तै विद्युत् आपूर्ति बन्द हुँदा पूर्वी जापानको बुलेट ट्रेनको सेवासमेत केहीबेर प्रभावित भएको थियो । होकुरिकु–शिंकान्सेन र जोयत्सु–शिंकान्सेन बुलेट ट्रेन सेवा केहीबेर रोकिएर करिब ७ बजेतिर पुनः सुरु भएको जापानका सञ्चार माध्यमहरुले जनाएका छन् ।

यसअघि अप्रिल १ मा पनि जापानमा ६.१ म्याग्निच्युडको भूकम्प गएको थियो भने जनवरीमा ७.५ म्याग्निच्युडको भूकम्प गएको थियो । 

जसमा ५० भन्दा बढीको मृत्यु भएको थियो ।

प्रकाशित मिति: सोमबार, जेठ २१, २०८१  ११:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update