NRN
प्रतिनिधिसभामा सरकारको वार्षिक प्रतिवेदन पेश

प्रतिनिधिसभामा प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' ले  नेपाल सरकारको वार्षिक प्रतिवेदन पेश गरेका छन् । 

सोमबारको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री 'प्रचण्ड' का तर्फबाट सञ्चारमन्त्री रेखा शर्माले नेपालको संविधानको धारा ५३ बमोजिमको नेपाल सरकारको वार्षिक प्रतिवेदन आर्थिक वर्ष २०७९/८० पेश गरेकी हुन् । 

बैठकमा अहिले आर्थिक वर्ष २०८१/८२ को  राजश्व र व्ययको वार्षिक अनुमानमाथि छलफल जारी रहेको छ ।

प्रकाशित मिति: सोमबार, जेठ २१, २०८१  ११:५६
प्रतिक्रिया दिनुहोस्
Weather Update