NRN
टी-२० विश्वकप : नेपालले पहिलो खेल नेदरल्यान्ड्ससँग खेल्दै

नेपालले आईसीसी टी-२० विश्वकप २०२४ मा आज नेदरल्यान्ड्ससँग खेल्दैछ । खेल अमेरिकाको डलासस्थित ग्रान्ड प्रेरी मैदानमा आज राती सवा ९ बजेबाट सुरु हुनेछ । विश्वकपमा नेपाल र नेदरल्यान्ड्स पहिलो पटक भिड्न लागेका हुन् ।

नेपालले दोस्रो पटक टी–२० विश्वकप खेल्न लाग्दा नेदरल्यान्ड्स भने पाचौं पटक विश्वकप खेल्न लागेको हो ।  यसअघि नेपालले पछिल्लो पटक सन् २०१४ मा ट्वान्टी २० विश्वकप खेलेको थियो । नेपालले उक्त संस्करणमा समूह चरणको अन्तिम खेलमा अफगानिस्तानविरुद्ध खेलेको थियो ।

सन् २०२२ को टी–२० विश्वकपमा नेदरल्यान्ड्स सुपर १२ सम्मको यात्रा तय गरेको थियो । उक्त विश्वकपमा दक्षिण अफ्रिकालाई पराजित गर्दै नेदरल्यान्ड्सले आफूलाई प्रमाणित गरेको थियो ।

नेपाल रहेको समूहमा दक्षिण अफ्रिका, बंगलादेश, श्रीलंका र नेदरल्याण्ड्स छन् । नेपालले दोस्रो खेल ११ जुनमा श्रीलंकासँग खेल्नेछ । यी दुई खेल अमेरिकामा हुनेछन् ।

 

प्रकाशित मिति: मंगलबार, जेठ २२, २०८१  ११:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update