दैलेख केन्द्रबिन्दु भएर ४.१ रेक्टर स्केलको भूकम्पको धक्का महशुस
दैलेखको नेपा आसपास केन्द्रबिन्दु भएर ४.१ रेक्टर स्केलको भूकम्प गएको छ ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार आज बिहान १०ः३० बजे भूकम्प गएको हो । भूकम्पले के कति क्षति पुर्याएको छ भन्ने खुल्न सकेको छैन ।
दैलेख आसपासका जिल्लाहरुमा समेत भूकम्पको धक्का महसुस गरिएको थियो । जाजरकोट कालिकोट, सुर्खेतका कतिपय स्थानमा पनि भूकम्पको धक्का महसुस गरिएको स्थानीयको भनाइ छ ।
प्रकाशित मिति: मंगलबार, जेठ २२, २०८१ ११:४५
प्रतिक्रिया दिनुहोस्