NRN
घट्याे मंगलबार अमेरिकी डलरसँगै अष्ट्रेलियन डलर र पाउण्डको मूल्य

नेपाल राष्ट्र बैंकले मंगलबारको लागि विदेशि मुद्राकाे विनिमय दर निर्धारण गरेको छ । निर्धारण गरेको दर अनुसार मंगलबार अमेरिकी डलरसँगै अष्ट्रेलियन डलर र पाउण्ड स्टर्लिङको मूल्य घटेको छ ।

राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर १३२ रूपैयाँ ७४ पैसा र बिक्रीदर १३३ रूपैयाँ ३४ पैसा कायम गरिएको छ । यो मूल्य अघिल्लो दिनको तुलनामा ५१ पैसा घटेको हो । सोमबार डलर एकको खरिददर १३३ रूपैयाँ २५ पैसा र बिक्रीदर १३३ रूपैयाँ ८५ पैसा कायम थियो। 

त्यस्तै, सोमबार एकको खरिददर १६९ रूपैयाँ ७९ पैसा र बिक्रीमा १७० रूपैयाँ ५६ पैसा तोकिएको पाउण्ड स्टर्लिङ आज एकको खरिदमा १६८ रूपैयाँ ९९ पैसा र बिक्रीमा १६९ रूपैयाँ ७६ पैसा पाइन्छ । 

त्यसैगरी, अष्ट्रेलियन डलर एकको खरिददर आज ८८ रूपैयाँ ३३ पैसा र बिक्रीदर ८८ रूपैयाँ ७३ पैसामा काराेबार भइरहेकाे छ । यो मूल्य अघिल्लो दिनको तुलनामा ३२ पैसा घटेको हो ।

आज युरोपियन युरो एकको खरिदमा १४३ रूपैयाँ ९२ पैसा र बिक्रीमा १४४ रूपैयाँ ५७ पैसा तोकिएको छ भने क्यानेडियन डलर एकको खरिदमा भने ९७ रूपैयाँ २६ पैसा र बिक्रीमा ९७ रूपैयाँ ७० पैसा पाइन्छ ।

राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३५ रूपैयाँ ३९ पैसा र बिक्रीमा ३५ रूपैयाँ ५५ पैसा तोकेको छ भने  कतारी रियाल एकको खरिदमा ३६ रूपैयाँ ४२ पैसा र बिक्रीमा ३६ रूपैयाँ ५८ पैसा पाइन्छ । 

युएई दिराम एकको खरिदमा ३६ रूपैयाँ १४ पैसा र बिक्रीमा ३६ रूपैयाँ ३० पैसा पाइन्छ । मलेसियन रिंगिट एकको खरिदमा मंगलबार २८ रूपैयाँ २० पैसा र बिक्रीमा २८ रूपैयाँ ३३ पैसा पाइन्छ ।

त्यसैगरी, आज बहराइन दिनार एकको खरिददर ३५२ रूपैयाँ ०८ पैसा र बिक्रीदर ३५३ रूपैयाँ ६७ पैसा तोकिएको छ भने कुवेती दिनार एकको खरिदमा ४३२ रूपैयाँ ८४ पैसा र बिक्रीमा ४३४ रूपैयाँ ८० पैसा पाइन्छ । 

प्रकाशित मिति: मंगलबार, जेठ २२, २०८१  ११:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update