NRN
आईसीसी टी २० विश्वकप २०२४ को आफ्नो पहिलो खेलमा नेपालले दियो नेदरल्याण्ड्सलाई १०७ रनको लक्ष्य

आईसीसी टी २० विश्वकप २०२४ को आफ्नो पहिलो खेलमा नेपालले नेदरल्याण्ड्सलाई १०७ रनको लक्ष्य दिएको छ ।

डालासस्थित ग्राण्ड प्रेरी स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले १९.२ ओभरमा सबै विकेट गुमाएर १०६  रन बनाएको हो ।

नेपालको लागि कप्तान रोहित पौडेलले ३७ बलमा सर्वाधिक ३५ रन बनाए । उनले ५ चौका प्रहार गरे । करण केसीले १२ बल खेल्दै २ छक्का मदतमा १७ रन जोडे । गुल्सन झाले १५ बलमा १ छक्का प्रहार गर्दै १४ तथा अनिल शाहले १२ बलमा २ चौका मदतमा ११ रन जोडे ।

सोमपाल कामी शुन्यमा आउट भए । अन्तिम विकेटका रुपमा आउट भएका अभिनाश बोहराले पनि खाता खोल्न सकेनन् ।

नेपाललाई अलआउट गर्न बलिङमा नेदरल्याण्ड्सका लागि टिम प्रिन्जल र लोगन भान विकले समान ३ तथा पउल भान मिकेरन र बास डे लिडले समान २ विकेट लिए ।

प्रकाशित मिति: मंगलबार, जेठ २२, २०८१  २३:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update