नेपाल सुनचाँदी व्यवसायी महासंघले नेपाली बजारमा बुधबारका लागि सुन–चाँदीको मूल्य सार्वजनिक गरेकाे छ ।सार्वजनिक गरेकाे अनुसार आज सुन–चाँदीको मूल्य घटेको छ ।
मंगलबार छापावाल सुन प्रतितोला एक लाख ४२ हजार सात सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ४२ हजार रूपैयाँमा कारोबार भएको सुन महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ४२ हजार दुई सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ४१ हजार पाँच सय रूपैयाँमा कारोबार भइरहेको छ ।
याे मूल्य अघिल्लाे दिनकाे तुलनामा आज प्रतितोला पाँच सय रूपैयाँ घटेको हो।
त्यसैगरी, बुधबार चाँदी प्रतितोला १८ सय २५ रूपैयाँमा कारोबार भइरहेको छ । मंगलबार चाँदी प्रतितोला १८ सय ६० रूपैयाँमा कारोबार भएको थियो ।
मंगलबारको तुलनामा बुधबार चाँदी प्रतितोला ३५ रूपैयाँ घटेको हो ।
आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस २३ सय ४१ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।