मुख्यमन्त्री सरोज कुमार यादव आज पाँचौं पटक विश्वासको मत लिदैँछन् । त्यसका लागि आज दिउँसो ३ बजे प्रदेशसभा बैठक बोलाएको छ ।
सत्ता गठबन्धनका नेकपा एमाले र नेकपा माओवादी केन्द्र वैशाख ३० मा सरकारबाट बाहिरिएर समर्थन फिर्ता लिएको थियो । सोही कारण संवैधानिक व्यवस्था अनुसार मुख्यमन्त्री यादवले आज विश्वासको मत लिने निर्णय लिइसकेको बेला हिजोमात्रै नेकपा एसले पनि साथ छाड्यो ।
नेकपा एसबाट भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री रहेका गोबिन्द बहादुर न्यौपाने र श्रम तथा यातायात मन्त्री रहेकी बेची लुङ्गेलीले राजिनामा दिइन् । लगत्तै नेकपा एसले प्रदेश प्रमुख सुमित्रा भण्डारीलाई सरकारबाट समर्थन फिर्ता लिएको पत्र बुझायो ।
मुख्यमन्त्री यादवलाई नेपाली कांग्रेसले विश्वासको मत दिने निर्णय गरेको छ । उनी आफ्नै दल जसपा नेपाल र कांग्रेसले मात्र विश्वासको मत दिए सरकार जोगाउन सकिदैन् । जसपा नेपालका १९ र कांग्रेसका २२ सांसद छन् । सत्ता गठबन्धन बाहिर रहेका लोसपा अहिलेसम्म कुनै निर्णय लिन सकेको छैन् ।
मधेश प्रदेशसभामा १०७ सांसद छन् । अहिले सरकार बनाउनरटिकाउन ५४ सांसद आवश्यक पर्छ । तर वर्तमान मुख्यमन्त्रीसंग बहुमत पुग्ने दल (सांसद)को समर्थन छैन ।